Warning: The magic method Vc_Manager::__wakeup() must have public visibility in /home/globaljobs/public_html/wp-content/plugins/js_composer/include/classes/core/class-vc-manager.php on line 203
Warning: Cannot modify header information - headers already sent by (output started at /home/globaljobs/public_html/wp-content/plugins/js_composer/include/classes/core/class-vc-manager.php:203) in /home/globaljobs/public_html/wp-includes/feed-rss2.php on line 8
तर संघको साधारणसभाको मिति आउन साढे दुई हप्ताको समय बाँकी रहँदा विधान संशोधनका विषयमा ठोस् उपलब्धि हासिल हुन नसकेको निवर्तमान महासचिव श्रेष्ठले बताए । संघको विधानमा अध्यक्षको उम्मेदवार हुन कम्तीमा एक कार्यकाल पदाधिकारी भई काम गरेको हुनुपर्ने प्रावधान छ ।
पदाधिकारी भन्नाले अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष बुझिने भन्ने विधानमा व्यवस्था छ । उक्त प्रावधानले योग्य व्यवसायीलाई अध्यक्षको उम्मेदवार बन्न रोक लगाई कार्य क्षमताका दृष्टिकोणले कमजोर भएपनि सीमित पूर्वपदाधिकारी व्यवसायीलाई मात्रै अध्यक्षको उम्मेदवार बन्ने अवसर सिर्जना गरिएको भन्ने आवाज उठेपछि संघको तदर्थ कार्यसमितिले त्यसमा उपयुक्त रायसहितको सुझाव दिन निवर्तमान महासचिव श्रेष्ठको संयोजकत्वमा कार्यदल गठन गरेको थियो ।
कार्यदल गठन भएपछि तदर्थ समितिका सदस्य एवम् नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनका पूर्वअध्यक्ष प्रज्ञान न्यौपाने लगायतका व्यवसायीहरूले इजाजतपत्र प्राप्त गरी लगातार पाँच वर्ष काम गरेको व्यवसायीलाई संघको अध्यक्ष बन्ने योग्यता तोक्नु उपयुक्त हुने धारणा सार्वजनिक गरेका थिए ।
संघका संयोजक विमल ढकाल विधान संशोधनपछि मात्रै निर्वाचन गराउने पक्षमा छन् । संघका निवर्तमान महासचिव श्रेष्ठले संघको विधान संशोधनका विषयमा राय सुझाव लिइरहेको भएपनि मूल विषयमा व्यवसायीहरूले खासै चासो नदेखाएको बताए ।
मध्यान्ह दैनिकसँगको कुराकानीमा श्रेष्ठले भने, ‘विधानका धेरै दफाहरू एक आपसमा बाझिएका छन्, अध्यक्षको उम्मेदवार बन्ने मापदण्ड पनि समय सापेक्ष नरहेको धेरैतिरबाट सुझाव आएको भएपनि प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालले समितिमा प्रतिनिधि पठाउन समेत अनिच्छा देखाएका कारणले अध्ययन र सुझावलाई ठोस् आकार दिन सकिएन । पुरानै विधानका आधारमा नयाँ नेतृत्व छनोटका लागि निर्वाचन गर्नुपर्ने अवस्था छ ।
Source::https://bideshijobs.com/

यस्ता विकराल समस्यालाई न्यूनिकरण गर्न मद्दत पुगोस् भन्ने उद्देश्यले राजदूतावासले यो जानकारीमूलक सूचना सार्वजनिक गरेको छ ।
साउदी अरबः एक संक्षिप्त परिचय
साउदी अरब अधिराज्य (المملكةالعربيةالسعودية) अरबी प्रायदिपको सबैभन्दा ठूलो देश हो । यसको सीमा ८ मुलुकसंग जोडिएको छ । उत्तर-पश्चिममा जोर्डन, इजिप्ट पर्छन भने उत्तरमा ईराक, कुवेत, पूर्वमा बहराइन, कतार, र संयुक्त अरव इमिरेट्स पर्दछन । त्यसैगरी दक्षिण पूर्वमा ओमन, दक्षिणमा यमन लगायतका देश रहेका छन । केहीक्षेत्रसँग दक्षिण पूर्वमा पर्सियन खाडी अरवको खाडीले छोएको छ भने उत्तर-पूर्व र पश्चिममा [लाल सागर/Red Sea] रहेको छ । यो अधिराज्यको अनुमानित जनसङ्ख्या करिब २ करोड ७५ लाख र यसको क्षेत्रफल २१,५०,००० वर्ग किलोमीटर रहेको छ । यस मुलुकमा १३ प्रान्त (Province) छन ।
यो मरूभुमीको देश हो । पेट्रोलियम पदार्थ र धार्मिक पर्यटन यो देशका मुख्य आर्थिक स्रोत हुन् । यहाँको हावापानी सुख्खा छ । पानी नपर्ने र अत्यधिक गर्मी हुने हुन्छ । वर्षातको समयमा बाहिरको तापक्रम ५० डिग्रीभन्दा माथि पुग्छ ।
साउदी अरव एक इस्लामीक राष्ट्र हो । विश्वका इस्लाम धर्माबलम्वीहरूको ठूला धार्मिकस्थल मक्का र मदिना साउदी अरबमा रहेको हुंदा यो अधिराज्यलाई “दुई पवित्र मस्जिदको भूमी” पनि भनिन्छ । यहाँका राजालाई यी दुई धार्मिक स्थलको संरक्षक (Custodian of Two Holy Mosques) मानिन्छ । संसार भरिबाट वर्षेनी लाखौं ईस्लाम धर्मावलम्बी मक्का मदिनामा हज (हिजरी पात्रोको १२ औं महिनामा) र उमराह (वर्षैभरी) गर्नको लागि आउदछन । यहांको न्याय प्रणाली पूर्णतः ईस्लामिक कानून (सरिया कानून) मा आधारित छ ।
यस मुलुकमा अनेकौ ठूला, मझौला र साना उद्योग, व्यवसाय, आयोजना सञ्चालन भएकोले कामदारहरूले मुलुकभित्र जुनसुकै ठाँउमा पनि काम गर्न जानुपर्ने हुन्छ ।
कफला पद्बतिः यो खण्ड राम्रोसंग पढ्नुहोस् ।
यो मुलुकको भिषा कफला पद्धति (Sponsorship System) मा आधारित छ । कफला पद्धति भनेको स्पोन्सरको अनुमति वेगर देशभित्र प्रवेश गर्न वा स्वदेश फर्कन वा काम गर्न वा व्यावसाय गर्न वा अन्य कुनै क्रियाकलाप गर्न अनुमति नहुने पद्धति हो । कफिल (Sponsor) भनेका मालिक (Owner) हुन् । कफिलले भिषा उपलव्ध नगरेसम्म कुनै पनि मुलुकबाट कुनै पनि व्यक्ति काम गर्ने हिसावमा साउदी अरब प्रवेश गर्न र स्वदेश फर्कन सक्दैन । कफिलको अनुमति वेगर तोकिएको भन्दा फरक काम गर्न, तोकिएको भन्दा फरक कम्पनीमा काम गर्न, अकामा (अस्थायी आवासीय अनुमतिपत्र) जारी वा नविकरण गर्न वा कफला ट्रान्सफर गर्न (अर्को कम्पनीमा जान वा कफिल परिवर्तन गर्न) सकिदैन ।
कफला पद्धति सिद्बान्ततः कामदारको संरक्षण र सुरक्षा गर्ने पद्धति हो । कफला पद्धतिको कार्यान्वयनमा भने थुप्रै प्रकारका समस्या देखिने गरेका छन् । कफला पद्बतिको उद्बेश्य राम्रो भएता पनि यो पद्बतिको दुरूपयोग हुनेगरेका कारण कतिपय अवस्थामा कामदारले श्रम शोषण तथा अन्य कठीनाइहरू झेल्नुपर्ने अवस्था आउन सक्छ । कफिलमा निहित अधिकारः भिषा उपलब्ध गराउने, विधिवत अकामा जारी तथा नविकरण गर्ने, वहिर्गमन/पुनः प्रवेश भिषा (Exit/Re-entry-ख्रुजनिहाइ/ख्रुजअहुदा ) दिलाउने, कफला स्थानान्तरण (Sponsorship Transfer) गर्न स्वीकृति दिने/लिने, रोजगारदाता परिवर्तन गर्न वा कम्पनी छोडन अनुमति दिने वा कामदारलाई स्वदेश फर्कन/फर्काउन एक्जिट/रिइन्ट्र भिषा जारी गर्ने आदि रहेका छन् ।
कफिलमा निहित अन्य अधिकारहरूमा कामदारलाई भगौडा (हरूप/Runaway) जनाउने र विभिन्न मुद्धा लगाएर आफ्नो देश फर्कन पनि नमिल्ने गरी यात्रा बन्देज (सफर मम्नु/Travel ban) लगाउन सक्ने आदि रहेका छन् । यस प्रकारका घटनाहरूमा महिनौंसम्म अदालतमा मुद्धा चल्ने र अदालतबाट निरुपण भइ वा कफिलसंग समझदारी बनाएर तिर्ने बुझाउने रकम नबुझाएसम्म जुनसुकै बेला पक्राउ पर्ने र जेल जानुपर्ने हुनसक्दछ । कफिलको मृत्यु भएमा वा स्पोन्सर कम्पनी कानूनी समस्यामा परेमा कामदार पनि समस्यामा पर्ने हुन्छ । उसको अर्को कानूनी हक हस्तान्तरण भएर कफला नभएसम्म सबै सेवाहरू र काम ठप्प हुन सक्दछन । यसबाट वर्षौसम्म पनि कुनै नेपाली साउदी अरबमा नै बस्न वाध्य हुनुपर्ने अवस्था हुन्छ । यस किसिमका जटील समस्याबाट धेरै नेपालीहरू पीडित रहेको पाइएको छ ।
केही निश्चित अवस्थाहरू जस्तैः कफिलले ३ महिना सम्म सेवा सुविधा वा अकामा नदिएमा वा नवीकरण नगरेमा वा कम्पनी रेडमा अवस्था भएमा श्रम कार्यालयको स्वीकृतिमा कफला स्थानान्तरण (Sponsorship Transfer) गर्न सकिन्छ । तर प्रायः नेपाली कामदारले यो कुरा नबुझ्ने, भाषाको कठिनाइ हुने र श्रम अदालत जान डराउने कारण यो प्रावधानको अवलम्बन गरी आफ्नो समस्याको निकास खोजेको पाइदैन । यस्ता समस्याका कारण कामदारले कम्पनी छोड्ने वा छोडाउने हुन्छ जसबाट कामदार अलेखवद्ब भइ अझ ठूलो समस्यामा पर्ने हुन्छ । यसरी कामदारहरू समस्यामा परेको मौका हेरी साउदी अरब मै रहेका कतिपय नेपालीहरूले कामदारलाई बढी तलव सुविधाको लोभ देखाइ गैरकानूनीरुपमा काममा लगाउने र पारिश्रमिक नदिने गरेको घटनाहरू प्रशस्त पाइएका छन् ।
साउदी अरबमा कफिलले मात्र अकामा अद्यावधिक गरेर वैधबाटोबाट कामदारलाई एक्जिट भिषा दिलाउन सक्ने कुरा माथि उल्लेख गरिसकिएको छ । कफिलले एक्जिट/रिइन्ट्रि भिषा दिएर नपठाएमा कामदार स्वदेश फर्कने अवस्था हुदैन । अलेखवद्ध कामदारलाई कुनै मुद्धा मामिला नभए र स्पोन्सरले हरूब लगाएको भए डिपोर्टेशन सेन्टर/सफरजेल बाट एक्जिट भिषा जारी गरी स्वदेश फर्कन सकिन्छ । तर कतिपय मुद्धा भएका वा चोरी गरेर पनि मानिस गैरकानूनी बाटोबाट स्वदेश फर्केको पनि पाइन्छ । तर यो अत्यन्त जोखिमपूर्ण हो ।
कम दुःखमा नै नेपालमै परिवारका साथमा बसेर क्रमशः बढी आय आर्जन गर्न सकिन्छ । आफ्नै समाजमा रहेर देश र समाजकै विकासमा योगदान गर्न सकिन्छ ।
साउदी अरबमा आउने गरी योजना बनाउदै गरेको महिला दिदीबहिनीहरु हुनुहुन्छ भने थप विचार गरेर मात्र पाइला चाल्नुहोला । महिलाहरुका समस्या धेरै आएकाले सप्लाई र कन्ट्रक्टिङ कम्पनीबाट महिलाहरु ल्याउन बन्द गरिएको छ । घरेलु कामदारमा साउदी आउन बन्देज छ ।
साउदी अरबमा काम गर्न आउने सोचमा रहेका नेपालीहरूले निम्न वुंदाहरूमा पूर्णरुपमा ध्यान दिएर मात्र आउने निर्णय गर्नुहुन अनुरोध छः
माथि उल्लेख कफला पद्बतिका बारेमा प्रष्ट भएर मात्र पूर्व तयारी चरणमा प्रवेश गर्नुहोस्
पूर्व तयारी चरण
साउदी अरब आउने सोचमा रहनुभएका नागरिकहरू एवं सरोकारवाला सबैले माथि उल्लेख जानकारीमूलक विषय वस्तुलाई पटक पटक पढी मनन गर्नुहोस् । वैदेशिक रोजगारी सोचे सुने जस्तो सजिलो छैन ।
देश भित्रै रोजगारी वा स्वरोजगारीका अवसर खोजौं ।
नेपाली राजदूतावास,
रियाद, साउदी अरब
२०७६।६।२७
]]>