Warning: The magic method Vc_Manager::__wakeup() must have public visibility in /home/globaljobs/public_html/wp-content/plugins/js_composer/include/classes/core/class-vc-manager.php on line 203 Warning: Cannot modify header information - headers already sent by (output started at /home/globaljobs/public_html/wp-content/plugins/js_composer/include/classes/core/class-vc-manager.php:203) in /home/globaljobs/public_html/wp-includes/feed-rss2.php on line 8 News – JobsGlobal.com.np https://jobsglobal.com.np best manpower employment agency in kathmandu, nepal Mon, 19 Dec 2022 05:11:22 +0000 en-US hourly 1 https://wordpress.org/?v=5.8.3 https://jobsglobal.com.np/wp-content/uploads/2022/01/favicon.png News – JobsGlobal.com.np https://jobsglobal.com.np 32 32 संघमा पुरानै विधान अनुसार निर्वाचन https://jobsglobal.com.np/%e0%a4%b8%e0%a4%82%e0%a4%98%e0%a4%ae%e0%a4%be-%e0%a4%aa%e0%a5%81%e0%a4%b0%e0%a4%be%e0%a4%a8%e0%a5%88-%e0%a4%b5%e0%a4%bf%e0%a4%a7%e0%a4%be%e0%a4%a8-%e0%a4%85%e0%a4%a8%e0%a5%81%e0%a4%b8%e0%a4%be/ https://jobsglobal.com.np/%e0%a4%b8%e0%a4%82%e0%a4%98%e0%a4%ae%e0%a4%be-%e0%a4%aa%e0%a5%81%e0%a4%b0%e0%a4%be%e0%a4%a8%e0%a5%88-%e0%a4%b5%e0%a4%bf%e0%a4%a7%e0%a4%be%e0%a4%a8-%e0%a4%85%e0%a4%a8%e0%a5%81%e0%a4%b8%e0%a4%be/#respond Mon, 19 Dec 2022 05:11:21 +0000 https://jobsglobal.com.np/?p=4158 काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आगामी निर्वाचन विधान संशोधन बिना नै हुने भएको छ । संघको तदर्थ कार्यसमितिले संघको विधान संशोधनका लागि अध्ययन गरी प्रतिवेदन तयार गर्न निवर्तमान महासचिव सुजितकुमार श्रेष्ठको संयोजकत्वमा एक समिति गठन गरेको थियो । 

तर संघको साधारणसभाको मिति आउन साढे दुई हप्ताको समय बाँकी रहँदा विधान संशोधनका विषयमा ठोस् उपलब्धि हासिल हुन नसकेको निवर्तमान महासचिव श्रेष्ठले बताए । संघको विधानमा अध्यक्षको उम्मेदवार हुन कम्तीमा एक कार्यकाल पदाधिकारी भई काम गरेको हुनुपर्ने प्रावधान छ । 

पदाधिकारी भन्नाले अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष बुझिने भन्ने विधानमा व्यवस्था छ । उक्त प्रावधानले योग्य व्यवसायीलाई अध्यक्षको उम्मेदवार बन्न रोक लगाई कार्य क्षमताका दृष्टिकोणले कमजोर भएपनि सीमित पूर्वपदाधिकारी व्यवसायीलाई मात्रै अध्यक्षको उम्मेदवार बन्ने अवसर सिर्जना गरिएको भन्ने आवाज उठेपछि संघको तदर्थ कार्यसमितिले त्यसमा उपयुक्त रायसहितको सुझाव दिन निवर्तमान महासचिव श्रेष्ठको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । 

कार्यदल गठन भएपछि तदर्थ समितिका सदस्य एवम् नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनका पूर्वअध्यक्ष प्रज्ञान न्यौपाने लगायतका व्यवसायीहरूले इजाजतपत्र प्राप्त गरी लगातार पाँच वर्ष काम गरेको व्यवसायीलाई संघको अध्यक्ष बन्ने योग्यता तोक्नु उपयुक्त हुने धारणा सार्वजनिक गरेका थिए । 

संघका संयोजक विमल ढकाल विधान संशोधनपछि मात्रै निर्वाचन गराउने पक्षमा छन् । संघका निवर्तमान महासचिव श्रेष्ठले संघको विधान संशोधनका विषयमा राय सुझाव लिइरहेको भएपनि मूल विषयमा व्यवसायीहरूले खासै चासो नदेखाएको बताए । 

मध्यान्ह दैनिकसँगको कुराकानीमा श्रेष्ठले भने, ‘विधानका धेरै दफाहरू एक आपसमा बाझिएका छन्, अध्यक्षको उम्मेदवार बन्ने मापदण्ड पनि समय सापेक्ष नरहेको धेरैतिरबाट सुझाव आएको भएपनि प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालले समितिमा प्रतिनिधि पठाउन समेत अनिच्छा देखाएका कारणले अध्ययन र सुझावलाई ठोस् आकार दिन सकिएन । पुरानै विधानका आधारमा नयाँ नेतृत्व छनोटका लागि निर्वाचन गर्नुपर्ने अवस्था छ ।

Source::https://bideshijobs.com/

]]>
https://jobsglobal.com.np/%e0%a4%b8%e0%a4%82%e0%a4%98%e0%a4%ae%e0%a4%be-%e0%a4%aa%e0%a5%81%e0%a4%b0%e0%a4%be%e0%a4%a8%e0%a5%88-%e0%a4%b5%e0%a4%bf%e0%a4%a7%e0%a4%be%e0%a4%a8-%e0%a4%85%e0%a4%a8%e0%a5%81%e0%a4%b8%e0%a4%be/feed/ 0
List of Foreign Employers Blocked by Department of Foreign Employment https://jobsglobal.com.np/list-of-foreign-employers-blocked-for-conducting-foreign-employment-in-nepal-by-department-of-foreign-employment-updated-on-2020-06-30/ https://jobsglobal.com.np/list-of-foreign-employers-blocked-for-conducting-foreign-employment-in-nepal-by-department-of-foreign-employment-updated-on-2020-06-30/#respond Wed, 30 Nov 2022 08:12:58 +0000 https://jobsglobal.com.np/?p=4125 List of Foreign Employers Blocked for conducting foreign employment in Nepal by Department of Foreign Employment
(Updated on : 2020-06-30)


Download All list

]]>
https://jobsglobal.com.np/list-of-foreign-employers-blocked-for-conducting-foreign-employment-in-nepal-by-department-of-foreign-employment-updated-on-2020-06-30/feed/ 0
साउदी अरबलाई वैदेशिक रोजगारीको गन्तव्य बनाउने सोचाइमा रहनुभएका नेपालीहरूमा नेपाली राजदूतावास, रियाद, साउदी अरबको अनुरोध । https://jobsglobal.com.np/%e0%a4%b8%e0%a4%be%e0%a4%89%e0%a4%a6%e0%a5%80-%e0%a4%85%e0%a4%b0%e0%a4%ac%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%b5%e0%a5%88%e0%a4%a6%e0%a5%87%e0%a4%b6%e0%a4%bf%e0%a4%95-%e0%a4%b0%e0%a5%8b%e0%a4%9c/ Fri, 07 Jan 2022 11:22:08 +0000 https://jobsglobal.com.np/?p=4083 वैदेशिक रोजगारीका लागि साउदी अरबमा आएका कतिपय नेपाली कामदारहरुलाई यहांको हावापानी, तापक्रम, भूगोल, भीसा तथा रोजगार (कफला) पद्बति, कम्पनी तथा कामको प्रकृति, सेवा सुविधा र सेवा शुल्क, कामदार छनौट र भीसा प्रकृयामा हुने रोजगारदाताको खर्च लगायतका विषयमा जानकारी नहुदा विभिन्न समस्याहरु झेल्नुपरेका धेरै घटनाहरु छन् । विशेष गरी कामदार साउदी अरब आउनासाथ काम र अन्य कुराहरुमा समायोजन हुन नसक्दा अविलम्व घर फर्कन चाहने, काम छाडेर सडकमा विक्षिप्त अवस्थामा हिड्ने ज्यानै समेत जोखिममा परेका घटनाहरु हुने गरेका छन् ।

यस्ता विकराल समस्यालाई न्यूनिकरण गर्न मद्दत पुगोस् भन्ने उद्देश्यले राजदूतावासले यो जानकारीमूलक सूचना सार्वजनिक गरेको छ ।

साउदी अरबः एक संक्षिप्त परिचय

साउदी अरब अधिराज्य (المملكةالعربيةالسعودية) अरबी प्रायदिपको सबैभन्दा ठूलो देश हो । यसको सीमा ८ मुलुकसंग जोडिएको छ । उत्तर-पश्चिममा जोर्डन, इजिप्ट पर्छन भने उत्तरमा ईराक, कुवेत, पूर्वमा बहराइन, कतार, र संयुक्त अरव इमिरेट्स पर्दछन । त्यसैगरी दक्षिण पूर्वमा ओमन, दक्षिणमा यमन लगायतका देश रहेका छन  । केहीक्षेत्रसँग दक्षिण पूर्वमा पर्सियन खाडी अरवको खाडीले छोएको छ भने उत्तर-पूर्व र पश्चिममा [लाल सागर/Red Sea] रहेको छ । यो अधिराज्यको अनुमानित जनसङ्ख्या करिब २ करोड ७५ लाख र यसको क्षेत्रफल २१,५०,००० वर्ग किलोमीटर रहेको छ । यस मुलुकमा १३ प्रान्त (Province) छन ।

यो मरूभुमीको देश हो । पेट्रोलियम पदार्थ र धार्मिक पर्यटन यो देशका मुख्य आर्थिक स्रोत हुन् । यहाँको हावापानी सुख्खा छ । पानी नपर्ने र अत्यधिक गर्मी हुने हुन्छ । वर्षातको समयमा बाहिरको तापक्रम ५० डिग्रीभन्दा माथि पुग्छ ।

साउदी अरव एक इस्लामीक राष्ट्र हो । विश्वका इस्लाम धर्माबलम्वीहरूको ठूला धार्मिकस्थल मक्का र मदिना साउदी अरबमा रहेको हुंदा यो अधिराज्यलाई “दुई पवित्र मस्जिदको भूमी” पनि भनिन्छ । यहाँका राजालाई यी दुई धार्मिक स्थलको संरक्षक (Custodian of Two Holy Mosques) मानिन्छ । संसार भरिबाट वर्षेनी लाखौं ईस्लाम धर्मावलम्बी मक्का मदिनामा हज (हिजरी पात्रोको १२ औं महिनामा) र उमराह (वर्षैभरी) गर्नको लागि आउदछन । यहांको न्याय प्रणाली पूर्णतः ईस्लामिक कानून (सरिया कानून) मा आधारित छ ।

यस मुलुकमा अनेकौ ठूला, मझौला र साना उद्योग, व्यवसाय, आयोजना सञ्चालन भएकोले कामदारहरूले मुलुकभित्र जुनसुकै ठाँउमा पनि काम गर्न जानुपर्ने हुन्छ ।

कफला पद्बतिः यो खण्ड राम्रोसंग पढ्नुहोस् ।

यो मुलुकको भिषा कफला पद्धति (Sponsorship System) मा आधारित छ । कफला पद्धति भनेको स्पोन्सरको अनुमति वेगर देशभित्र प्रवेश गर्न वा स्वदेश फर्कन वा काम गर्न वा व्यावसाय गर्न वा अन्य कुनै क्रियाकलाप गर्न अनुमति नहुने पद्धति हो । कफिल (Sponsor) भनेका मालिक (Owner) हुन् । कफिलले भिषा उपलव्ध नगरेसम्म कुनै पनि मुलुकबाट कुनै पनि व्यक्ति काम गर्ने हिसावमा साउदी अरब प्रवेश गर्न र स्वदेश फर्कन सक्दैन । कफिलको अनुमति वेगर तोकिएको भन्दा फरक काम गर्न, तोकिएको भन्दा फरक कम्पनीमा काम गर्न, अकामा (अस्थायी आवासीय अनुमतिपत्र) जारी वा नविकरण गर्न वा कफला ट्रान्सफर गर्न (अर्को कम्पनीमा जान वा कफिल परिवर्तन गर्न) सकिदैन ।

कफला पद्धति सिद्बान्ततः कामदारको संरक्षण र सुरक्षा गर्ने पद्धति हो । कफला पद्धतिको कार्यान्वयनमा भने थुप्रै प्रकारका समस्या देखिने गरेका छन् । कफला पद्बतिको उद्बेश्य राम्रो भएता पनि यो पद्बतिको दुरूपयोग हुनेगरेका कारण कतिपय अवस्थामा कामदारले श्रम शोषण तथा अन्य कठीनाइहरू झेल्नुपर्ने अवस्था आउन सक्छ । कफिलमा निहित अधिकारः भिषा उपलब्ध गराउने, विधिवत अकामा जारी तथा नविकरण गर्ने, वहिर्गमन/पुनः प्रवेश भिषा (Exit/Re-entry-ख्रुजनिहाइ/ख्रुजअहुदा ) दिलाउने, कफला स्थानान्तरण (Sponsorship Transfer) गर्न स्वीकृति दिने/लिने, रोजगारदाता परिवर्तन गर्न वा कम्पनी छोडन अनुमति दिने वा कामदारलाई स्वदेश फर्कन/फर्काउन एक्जिट/रिइन्ट्र भिषा जारी गर्ने आदि रहेका छन् ।

कफिलमा निहित अन्य अधिकारहरूमा कामदारलाई भगौडा (हरूप/Runaway) जनाउने र विभिन्न मुद्धा लगाएर आफ्नो देश फर्कन पनि नमिल्ने गरी यात्रा बन्देज (सफर मम्नु/Travel ban) लगाउन सक्ने आदि रहेका छन् । यस प्रकारका घटनाहरूमा महिनौंसम्म अदालतमा  मुद्धा चल्ने र अदालतबाट निरुपण भइ वा कफिलसंग समझदारी बनाएर तिर्ने बुझाउने रकम नबुझाएसम्म जुनसुकै बेला पक्राउ पर्ने र जेल जानुपर्ने हुनसक्दछ । कफिलको मृत्यु भएमा वा स्पोन्सर कम्पनी कानूनी समस्यामा परेमा कामदार पनि समस्यामा पर्ने हुन्छ । उसको अर्को कानूनी हक हस्तान्तरण भएर कफला नभएसम्म सबै सेवाहरू र काम ठप्प हुन सक्दछन । यसबाट वर्षौसम्म पनि कुनै नेपाली साउदी अरबमा नै बस्न वाध्य हुनुपर्ने अवस्था हुन्छ । यस किसिमका जटील समस्याबाट धेरै नेपालीहरू पीडित रहेको पाइएको छ ।

केही निश्चित अवस्थाहरू जस्तैः कफिलले ३ महिना सम्म सेवा सुविधा वा अकामा नदिएमा वा नवीकरण नगरेमा वा कम्पनी रेडमा अवस्था भएमा श्रम कार्यालयको स्वीकृतिमा कफला स्थानान्तरण (Sponsorship Transfer) गर्न सकिन्छ । तर प्रायः नेपाली कामदारले यो कुरा नबुझ्ने, भाषाको कठिनाइ हुने र श्रम अदालत जान डराउने कारण यो प्रावधानको अवलम्बन गरी आफ्नो समस्याको निकास खोजेको पाइदैन । यस्ता समस्याका कारण कामदारले कम्पनी छोड्ने वा छोडाउने हुन्छ जसबाट कामदार अलेखवद्ब भइ अझ ठूलो समस्यामा पर्ने हुन्छ । यसरी कामदारहरू समस्यामा परेको मौका हेरी साउदी अरब मै रहेका कतिपय नेपालीहरूले कामदारलाई बढी तलव सुविधाको लोभ देखाइ गैरकानूनीरुपमा काममा लगाउने र पारिश्रमिक नदिने गरेको घटनाहरू प्रशस्त पाइएका छन् ।

साउदी अरबमा कफिलले मात्र अकामा अद्यावधिक गरेर वैधबाटोबाट कामदारलाई एक्जिट भिषा दिलाउन सक्ने कुरा माथि उल्लेख गरिसकिएको छ । कफिलले एक्जिट/रिइन्ट्रि भिषा दिएर नपठाएमा कामदार स्वदेश फर्कने अवस्था हुदैन । अलेखवद्ध कामदारलाई कुनै मुद्धा मामिला नभए र स्पोन्सरले हरूब लगाएको भए डिपोर्टेशन सेन्टर/सफरजेल बाट एक्जिट भिषा जारी गरी स्वदेश फर्कन सकिन्छ । तर कतिपय मुद्धा भएका वा चोरी गरेर पनि मानिस गैरकानूनी बाटोबाट स्वदेश फर्केको पनि पाइन्छ । तर यो अत्यन्त जोखिमपूर्ण हो ।

कम दुःखमा नै नेपालमै परिवारका साथमा बसेर क्रमशः बढी आय आर्जन गर्न सकिन्छ । आफ्नै समाजमा रहेर देश र समाजकै विकासमा योगदान गर्न सकिन्छ ।

साउदी अरबमा आउने गरी योजना बनाउदै गरेको महिला दिदीबहिनीहरु हुनुहुन्छ भने थप विचार गरेर मात्र पाइला चाल्नुहोला । महिलाहरुका समस्या धेरै आएकाले सप्लाई र कन्ट्रक्टिङ कम्पनीबाट महिलाहरु ल्याउन बन्द गरिएको छ । घरेलु कामदारमा साउदी आउन बन्देज छ ।

साउदी अरबमा काम गर्न आउने सोचमा रहेका नेपालीहरूले निम्न वुंदाहरूमा पूर्णरुपमा ध्यान दिएर मात्र आउने निर्णय गर्नुहुन अनुरोध छः

माथि उल्लेख कफला पद्बतिका बारेमा प्रष्ट भएर मात्र पूर्व तयारी चरणमा प्रवेश गर्नुहोस्

पूर्व तयारी चरण

  1. कुन कामका लागि साउदी अरबमा जान लागेको हो, निश्चित गर्नुहोस् । सो कामको लागि नेपाल सरकारले तोकेको पारिश्रमिक कति छ थाहा पाउनुहोस् । अदक्ष कामदारका लागि नेपाल सरकारले साउदी रियाल १ हजार र खाना वापत ३०० तोकेको छ । अन्य पदहरुका पारिश्रमिकका बारेमा यकिन हुनुहोस् ।
  2. त्यो कामका लागि आवश्यक सीप छ छैन विचार गर्नुहोस् । सीप नभए सिक्नुहोस् ।
  3. सीप सिकेको भनि प्रमाणपत्र मात्र नलिनुहोस्, वास्तविक रूपमा तालिम लिएर नै सीप सिक्नुहोस्, प्रमाणपत्र लिनुहोस् ।
  4. प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद (CTEVT) बाट सीप परीक्षण प्रमाणपत्र समेत लिनुहोस् ।
  5. सीप परीक्षण नभएको सीप प्रमाणपत्रको मान्यता हुदैन । त्यस्तो प्रमाणपत्रले तोकिएको सुविधा पनि नपाइने भएकाले यकिन गर्नुहोस् ।
  6. सीप भएर प्रमाणपत्र नभएपनि समस्या हुनसक्छ । कुनै कुनै पेशा सीपयुक्त हुने र त्यसको सीप परीक्षण प्रमाणपत्र वेगर अकामा पनि नवन्ने हुनसक्दछ ।
  7. साउदी अरब आउन लाग्ने खर्च र साउदीमा काम गर्दा हुने आय तथा दुःखको तुलना गर्नुहोस् । फाइदा हुने देखिए मात्र साउदी अरबमा काम गर्न आउनुहोस् ।
  8. फाइदा नहुने भए विचौलिया र मेनपावरलाई खर्च गर्ने पैसाले नेपालमै आफ्नो चाख र सीप अनुसारको केही पेशा, व्यवसाय गर्नुहोस् । नेपालमा नै नेपालकै लागि परिवारकासाथ बसेर आनन्दसंग काम गर्न सकिन्छ ।यो सकरात्मक पक्षलाई पटक पटक मनन गर्नुहोस् ।
  9. नेपाल मै बसेर केही गर्छु भन्ने निर्णय गर्नुभयो भने यो नै उत्तम निर्णय हुनेछ ।
  10. अब मानौं आउने नै निर्णय गर्नुभयो । यस अवस्थामा विश्वासिलो र भरपर्दो मेनपावर कम्पनीबाट वर्किङ भिषामा मात्र साउदी आउनुहोस् । मेनपावर कम्पनी कस्तो प्रकारको हो विभिन्न स्रोतबाट यकिन गर्नुहोस् । विचौलियाहरूको विश्वास नगर्नुहोस् । कुनै रकम कसैलाई दिनुपरेमा भरपाई वा तमसुक गरेर मात्र दिनुहोस् ।
  11. वर्किङ भिषा बाहेक अन्य भिषा (भिजिट भिषा, हज/उमरा भिषा, फ्रि वर्क/आजाद भिषा) बाट काम गर्ने भनि नआउनुहोस् । भिजिट भीसामा पठाएर थुप्रै नेपालीहरूलाई अलपत्र बनाएका घटनाहरू प्रशस्त रहेका छन् । सजग हुनुहोस् । विशेष गरी महिला कामदारलाई कुवेत, यूएइ र भारतको बाटो हुदै भिजिट भीसामा साउदी अरब ल्याउने गरेको पाइएको छ । यसरी आउने महिलाहरु वर्षौसम्म विना पारिश्रमिक रोजगारदाताको चरम शोषणमा पर्ने गरेका प्रशस्त घटनाहरु छन् । तसर्थ अनावश्यक प्रलोभनमा नपर्नुहुन वैदेशिक रोजगारीमा जाने सोचका महिलाहरुलाई विशेष अनुरोध छ । गैरकानूनी रूपमा सक्रिय एजेन्टहरु वैदेशिक रोजगारीका नाममा महिलाको वेचविखनमा लागिपरेका हुनसक्छन् ।
  12. आफ्नै चिनजानका मानिस एजेन्ट भएर तपाइलाई गलत सूचना दिएर ठगी गर्न सक्छन । पहिला साउदीमा काम गर्न आइसकेका वा कम्पनीमा काम गरिरहेका साथीभाइ संग कुरा बुझेर मात्र आउनुहोस् । अथवा कम्पनीको नाम काम ठाम कस्तो छ स्पष्ट बुझेर मात्र आउनुहोस् ।
  13. संझौता एउटा र दिमागमा अर्को कुरा बोकेर नआउनुहोस् ।
  14. साउदी अरबमा कामदारको रूपमा आउन सेवा शुल्कको रूपमा न्युनतम लागत (भिषा तथा टिकट र सेवा शुल्क रोजगारदाताले दिने भएकोले) मात्र लाग्छ । बढी रकम कसैलाई नबुझाउनुहोस् ।
  15. दश देखि बीसहजार भन्दा वढी पैसा दिनुभएको छ भने तपाइ नेपालमा नै ठगीमा पर्दै हुनुहुन्छ भन्ने स्पष्ट हुनुहोस् ।
  16. नेपालमा नै नेपाली मेनपावर र एजेण्टले ठगेमा विदेशमा विदेशीले तपाईलाई ठग्दैन भन्नै सकिदैन । जसलाई जति रकम बुझाउनुहुन्छ त्यसको भर्पाइ लिनुहोस् । भरपाई वेगर रकम वुझाउनु गलत हो । गलतको परिणाम गलत नै हुन्छ ।
  17. साउदी अरबमा कामदारको रूपमा आउदा वढी शारिरिक र मानसिक परिश्रम गर्नुपर्ने हुन्छ । तपाईको स्वास्थ्य कमजोर छ वा कुनै विरामी हुनुहुन्छ वा औषधी सेवन गरिरहनु भएको छ भने नआउनुहोस् ।
  18. घरेलु तथा सामाजिक हिंसाबाट मुक्ति, लागु औषध सेवनको समस्या भएका तथा अवसाद् (Depression) आदि समस्या भइ नेपालका सुधार गृहमा राखि सुधार ल्याउनु पर्ने अवस्थाका व्यक्तिलाई साउदी अरबमा पठायो भने सुधार हुन्छ भन्ने भ्रममा परिवारका सदस्यले साउदी अरव नपठाउनुहोस् आफू नआउनुहोस् । त्यस्ता कामदार यहां आएर सुधार हुने नभइ झन् ठूलो समस्यामा फस्ने गरेका प्रशस्त घटनाहरू पाइएका छन् । यसमा गम्भीर हुनुहोस् ।
  19. विशेषगरी कतिपय महिला कामदारहरुलाई विभिन्न प्रलोभनमा पारेर उत्पत्तिको मुलुक, बाटोमा पर्ने मुलुक तथा गन्तव्य मुलुकमा समेत चरम शोषण हुने गरेकाले महिलाहरुले वैदेशिक रोजगारीमा आउनुपूर्व गम्भीर विचार गर्नुहोस् ।
  20. यहांको हावापानी सुख्खा र अत्याधिक गर्मी हुने हुँदा खुला ठाँउमा काम गर्नुपर्ने प्रकृतिका कामहरू जस्तै कृषिफार्म/मजरा तथा निर्माणक्षेत्रमा आउने कामदारले बेलैमा धेरै सोच्नुहोस् । यस प्रकारका काममा विचौलिया एव मेनपावर कम्पनीहरूले गलत जानकारी दिइ पठाउने गरेको पाइएको छ । सम्झौतापत्र राम्ररी पढेर मात्र सहिछाप गर्नुहोस् । सम्झौतापत्रमा जे भएपनि काम भने विचौलिया वा मेनपावरले भने अनुसार हुन्छ भन्ने भ्रम बोकेर नआउनुहोस् ।
  21. पारिश्रमिकका विषयमा स्पष्ट हुनुहोस् । नेपाल सरकारले तोकेको पारिश्रमिक भन्दा कम हुनेगरी कुनैपनि सम्झौता नगर्नुहोस् । गत वर्ष नेपाल सरकारले साउदी अरवमा आउने नेपाली कामदारका विभिन्न पदहरूकालागि पदअनुसारको पारिश्रमिकको व्यवस्था गरेको छ । जस अनुसार अदक्ष कामदारका लागि न्यूनतम मासिक पारिश्रमिक साउदी रियाल १ हजार र खाना सुविधा वापत साउदी रियाल ३ सय तोकिएको छ । ओभरटाइम वा अन्य सुविधा बढी हुन्छ भन्ने गलत आश्वासन र भनाइमा विश्वास नगर्नुहोस् । ओभरटाइम वा अन्य सुविधा सम्बन्धि यथार्थता कम्पनीमा काम गर्ने पुराना कामदार साथीभाइबाट समेत बुझ्न सकिन्छ । संझौतापत्रमा उल्लेख भएभन्दा बढी कमाइ हुन्छ भन्ने अनावश्यक आश्वासन र मौखिक भनाइको भ्रममा नआउनुहोस् ।
  22. सप्लाई कम्पनी भनेको भए आउने थिइन भन्ने श्रमिक बढी देखिएकोले कस्तो कम्पनीमा जादैछु भन्नेमा प्रष्ट हुनुहोस् । कागजातमा उल्लेख कम्पनीकाबारेमा वेभसाइट एवं अन्य श्रोतबाट बुझ्नुहोस् । Recruitment Company, Manpower Solution जस्ता नाम जोडिएका कम्पनी सप्लाई कम्पनी हुन सक्दछन् । सप्लाई पनि बहु तहसम्मको सप्लाई हुने भएकोले विचार पुर्‍याएर मात्र आउनुहोस् । अधिकांश सप्लाई कम्पनीमा पारिश्रमिक तथा अतिरिक्त समयको सुविधा न्यून हुनेगरेका समस्या आइरहेका छन् ।
  23. सप्लाई तथा कन्ट्राक्टिङ कम्पनीमा आउने कामदारहरू कम्पनीको कन्ट्राक्ट सकिए वा भंग भए वा ग्राहक कम्पनीबाट सप्लाई तथा कन्ट्राक्टिङ कम्पनीलाई समयमा भुक्तानी नभएको अवस्थामा कामदारले पारिश्रमिक समयमा नपाउने स्थिति हुन्छ ।
  • तयारी चरणः
  1. माथिका सबै बुंदाहरू पढिसकेपछि साउदी अरब आउने निश्चित गर्नुभयो भने संभव भएसम्म एकपल्ट सम्बन्धित कम्पनीको विषयमा वेवसाइट हेरेर वा ति कम्पनीमा काम गर्ने नेपालीसंग सम्पर्क गरेर सबै कुरा बुझ्नुहोस् । उक्त कम्पनीमा काम गर्ने कामदारको सम्पर्क नं. तपाइलाई पठाउने भनिएको मेनपावरबाट उपलब्ध हुन सक्छ । रोजगारदाताको फोन नं लिएर पनि कुरा गर्न सकिन्छ ।
  2. पासपोर्ट, भिषा, करारपत्र, श्रम स्वीकृति, रकम वुझाएको भर्पाई लगायतका कागजातहरु ठिक दुरूस्त भए नभएको यकिन गर्नुहोस् । सवारी चालक काममा आउनेले यातायात कार्यालयबाट सवारी चालक अनुमति पत्रको अभिलेख प्रमाण सहित आउनुहोस् । नक्कली लाइसेन्स लिएर नआउनुहोस् ।
  3. कागजात ठिक भएपछि एक सेट छाँयाप्रति घरमा छोडेर आउनुहोस् ।
  4. रोजगारदाताले दिने सुविधाः तलब, आवास, खाना, ओभरटाइम, कार्यघण्टा, कार्यदिन सहितको श्रम संझौता रोजगारदाताको सही भएको छ छैन विचार पुर्‍याउनुहोस् । दोहोरो श्रम संझौता गरेर नआउनुहोस् । जव तपाई २ वटा संझौता बोकेर आउनुहुन्छ समस्या त्यही बाट शुरू भयो भन्ने बुझ्नुहोस् ।
  5. एयरपोर्टसम्म लिन आउने व्यक्तिको नाम र सम्पर्क नम्वर लिनुहोस् । कफिल (Sponsor) वा मुदिर (Manager) को सम्पर्क नम्वर पनि लिइराख्नुहोस् । नेपाली राजदूतावासको वेभसाइट तथा फेसबुकका सूचनाहरु हेर्नुहोस् तथा टेलिफोन नं पनि लिनुहोस् ।
  6. अरेविक भाषाको सामान्य शव्दावली बुझ्ने र सोध्न सक्ने भएर आउनु राम्रो हो । २ दिनको अभिमुखिकरण तालिम लिएर आउनु अनिवार्य छ । तालीम नलिइ प्रमाणपत्र मात्र लिएर नआउनु होस् ।
  7. साउदी अरबको कुन ठाँउमा जानुपर्ने, जहाजवाट कहाँ पुगिने, कति समय लाग्ने, यकिन गरेर सोही अनुसार खर्च र अन्य आवश्यक व्यवस्था गरेर आउनुहोस् ।
  8. नेपाल सरकारले घरेलु कामदार (हाउसमेड, निजी ड्राइभर, वगैचे तथा भान्से आदि) लाई साउदी अरब आउन श्रम स्वीकृति प्रदान गर्दैन । यस्ता कामदारको हकमा स्थानीय श्रम कानून समेत लागु हुँदैन । यसर्थ, कसैको लोभलालच वा आश्वासनमा परेर गलत तरीका वा बाटोबाट यस्ता काममा नआउनुहोस् ।
  9. अन्य मुलुक भएर साउदी अरब नआउनुहोस् । विविध कारणले आउनुपरेमा सम्बन्धित देशमा भएको नेपालको नियोगको अनुमति लिएर मात्र आउनुहोस् । यसरी आउनेले पनि आफ्नो सुरक्षा र मर्यादाको विषयमा गम्भिर सोचविचार गरेर मात्र आउनुहोस् ।
  • यात्राको चरणः
  1. आवश्यक कागजातः पासपोर्ट, भिषा, करारपत्र, आवश्यक खर्च, लुगाफाटा लिएर आउनुहोस् । साउदीमा गैर कानूनी हुने पदार्थहरूः मदिराजन्य पदार्थ, नसालु पदार्थ, गुटखा, मर्चा तथा चिकित्सकको प्रेस्क्रिप्शन भन्दा बाहिरका औषधी आदि नल्याउनुहोस् ।
  2. विमानस्थलको श्रम डेस्कमा सोधेको विषयमा सही जानकारी दिनुहोस् । श्रम डेस्कमा सोध्दा पैसा १० हजार दिएको भन्ने तर विदेशमा पुगेपछि बढी दिएको हो नभन्नुहोस् । जे सत्य हो, त्यही सबै ठाँउमा भन्नुहोस् । ठगिएको शंका भएमा जिल्ला प्रशासन कार्यालय वा वैदेशिक रोजगार विभाग वा एयरपोर्टको श्रम डेस्क वा प्रहरीमा उजुरी दिनुहोस् ।
  3. स्वदेशकै विमानस्थलबाट आउनुहोस् । स्वीकृति वेगर विदेशी मार्ग वा विमानस्थल प्रयोग गरेर आउदै हुनुहुन्छ भने तपाइ दुःखको भुमरीमा पर्दै हुनुहुन्छ भन्ने स्पष्ट हुनुहोस् ।
  4. यात्राको चरणमा विमानस्थल र प्रवेषाज्ञाका प्रकृयाको वारेमा पूर्व जानकारी लिनुहोस् र सभ्य तरिकाले सोही अनुसार आचरण र व्यवहार गर्नुहोस् ।
  5. साउदी अरबको विमानस्थलको अध्यागमन क्लियर भएपछि आफूलाई लिन आउने मानिस सही हो होइन (नाम वा फोन नं. बाट) यकिन गर्नुहोस् । पासपोर्ट जसलाई पायो उसैलाई नदिनुहोस् । अर्कै रोजगारदाताले लैजान सक्ने भएकोले चनाखो हुनुहोस् ।

साउदी अरब आउने सोचमा रहनुभएका नागरिकहरू एवं सरोकारवाला सबैले माथि उल्लेख जानकारीमूलक विषय वस्तुलाई पटक पटक पढी मनन गर्नुहोस् । वैदेशिक रोजगारी सोचे सुने जस्तो सजिलो छैन ।

देश भित्रै रोजगारी वा स्वरोजगारीका अवसर खोजौं ।

नेपाली राजदूतावास,

रियादसाउदी अरब

२०७६।६।२७

]]>
Labor migration post-COVID-19 https://jobsglobal.com.np/labor-migration-post-covid-19/ https://jobsglobal.com.np/labor-migration-post-covid-19/#comments Mon, 28 Sep 2020 10:44:51 +0000 https://dreamrsnepal.com/?p=3877 The COVID-19 pandemic is disrupting society, economy and politics in almost all parts of the world. Every country is likely to bear the brunt of such upheaval. Nepal is no exception. In this article, we look into its potential impact on foreign labor migration and its trickle-down effects on the macro as well as micro levels.
Foreign labor migration has been the ultimate dream for thousands of youth across the nation. As of now, more than five million work permits for foreign employment have been issued, with the most popular destinations being Malaysia and GCC countries like Qatar, UAE and Saudi Arabia. Since the introduction of the Employment Permit System (EPS), there is a growing trend and competition to travel to South Korea for work. A significant number of migrant workers are also working in Japan and more than 100 destinations around the world. Given that one in every four Nepali households has at least one member working abroad as well as remittances contributing to nearly 28 percent of Nepal’s GDP in 2018, Nepal is the 19th largest remittance-receiving country globally, as per the 2019 data of the World Bank. Remittance is an important source to sustain Nepal’s economy. Remittance also remains a lifeline for thousands of families of migrant workers to run their livelihoods.
COVID-19 crisis is likely to disrupt this eco-system of foreign labor migration. This havoc will potentially add a layer of challenges at a societal level, which policymakers should consider as a clarion call to respond to other problems it should beget.
What are the impacts?
The economic slowdown or shutdown of industries globally will have a direct impact on the working conditions of Nepali migrant workers. This will unquestionably have an immediate impact on the volume of remittance that the country was receiving in the past. There is a danger of the country’s economic imbalances due to poor GDP growth in the absence of remittances and this may eventually lead to a financial crisis, creating the scarcity of new jobs and newer economic activities within the country. Less economic activities within the country will have a direct impact on the lives of daily wage earners working on informal sectors and conditions of their family members. According to ILO more than 70 percent of the total economic workforce in Nepal is engaged in the informal sector and they mostly rely on daily wages to meet their subsistence needs. The impact of the short redundancy after lockdown is enough to derive possible ramifications in the future. Some of the daily wage workers have escaped from the city whereas those who are trapped in the lockdown are compelled to break restrictions in search of food. Failing to address such desperation
promptly can lead from societal friction to civil unrest. Family members of the migrant workers—who are heavily dependent on the remittances—will be the victims of this crisis. It can be predicted that many families will not be able to keep their education, health and other expenses intact. They will struggle for the fulfillment of basic requirements. This huge shift in the consumption pattern of poor and low-income families will have adverse impacts on the market economy.
So far, there is no exact figure on the numbers of Nepali migrant workers who have lost jobs as a result of the COVID-19 crisis. Nevertheless, it is highly likely that thousands of them will. There are reports of countries furloughing or even laying off migrant workers. When work resumes, hundreds of these workers will face either salary cut or reduced work hours. It can be predicted that thousands of them will lose jobs due to foreseeable economic recession and shutdown or downsizing of industries, forcing them to return home not knowing what to do. Unplanned and untimely return of the migrant workers can push many of them under debt traps for the loans taken to pay for abroad migration. The shock of dismissal from a job, lack of livelihood opportunities back home, and huge family responsibilities, on the other hand, will keep many of these returnee migrants under unprecedented mental stress. Neither our service sector nor the industrial sector has the strength to accommodate the bulge of these jobless youth.
With the current rate of outflow, there will be as many as half a million healthy energetic aspiring migrants stuck in the country in a year. That data will be supplemented by returnee migrants too. Also to add in the figure will be workers in our hospitality industry who could face redundancy due to the seemingly limited inflow of tourists in the country. Failing to harness the energy of these youths will prove a great loss not only economically but also socially. Lack of opportunities inside the country and the shattered hopes of foreign employment will lead to mass frustration. Such youths can easily be lured by anti-social activities like narcotism, alcoholism, domestic violence, gambling and even ganging and violent politics. A growing negative narrative on migration and migrants is identified as another significant impact with the beginning of the COVID-19 crisis. Hundreds of these migrants who have returned home most recently are facing stigma and discrimination as they are suspected of carrying and spreading spread COVID-19 in their localities. Hundreds of these workers are currently stranded in the Nepal-India borders. Some local government units in Nepal have even started putting red flags or red signs in the returnee migrants’ homes as a process of isolating them from others. Several communities have prohibited the entry of migrants into their territory. All these actions can be somehow tolerable for the time being as precautionary measures to halt the outspread of COVID-19, but this could also build a negative narrative against migrant workers undermining their contributions to build country over the past two and half decades.
It is quite important to create new narratives to challenge these stigmatizing narratives. It may require some sensitization programs as well as the promotion of intergroup contacts and social cohesion initiatives between migrant and non-migrant populations after the situation normalizes.
Time for action
This trying time can be an opportunity to rethink Nepal’s development practices as well as converting remittance based economy into a more sustainable, eco-friendly and home-grown economy. It can also be an opportunity for reviving Nepal’s agro-based economy with the introduction of modern technology and making agriculture a prestigious occupation. Thus, it is necessary to create innovative and attractive livelihood opportunities and entrepreneurship programs targeting people below the poverty line, returnee migrants and their family members, and aspiring migrants.
For that, the youth will need both training and investment supports. In this context, the government should convert its existing social and economic development programs with significant emphasis on creating livelihood opportunities targeting the above-mentioned groups. However, such programs should be designed in such a way that it will attract these groups in an inescapable manner. All three tiers of government should take their responsibilities to make it happen.
Post-COVID-19 development policy should also emphasize making use of the knowledge and skills that returnee migrants have brought along. Likewise, managing the concerns and grievances of both returnees as well aspiring migrants can be an important issue to bring into national as well as sub-national discourse and put pressure on the government, donor community and private sector to come up with adequate programs for managing and engaging these youths constructively.
There is a strong sentiment in Nepal that the efflux of youth for foreign labor migration should be minimized. Like it or not, the time has helped Nepal to meet that fate, at least for a while. It is also worth mentioning that Nepal’s population ‘window of opportunity’ is projected to last by 2047. After that Nepali society will become an aged society. That means Nepal has less than three decades to reap its demographic dividend.
Thus the government needs to introduce plans and policies to turn upcoming challenges into lasting opportunities. It will indeed test the gut, motivation and ability of political leaders to cash this opportunity.

]]>
https://jobsglobal.com.np/labor-migration-post-covid-19/feed/ 1
UAE To Celebrate Flag Day On November 2 https://jobsglobal.com.np/uae-to-celebrate-flag-day-on-november-2/ Fri, 25 Sep 2020 13:47:36 +0000 https://dreamrsnepal.com/?p=3857 The Ministry of Cabinet and the Future has issued a circular announcing that UAE Flag Day celebrations will take place on Thursday, November 2 instead of Friday, November 3. It called on all ministries, federal bodies and their affiliates to raise the UAE flag at 11:00am. Flag Day is a national campaign, which was launched by His Highness Shaikh Mohammed bin Rashid Al Maktoum, UAE Vice President and Prime Minister and Dubai Ruler, in November 2013 to commemorate the accession of His Highness Sheikh Khalifa bin Zayed Al Nahyan as President of the nation. It is a day of celebration, reflecting a symbol of unity, patriotism and loyalty to the UAE and its wise leadership, and adherence to the values of the union established by the UAE’s Founding Fathers.

]]>