
एउटा स्वस्थ व्यवसायीले आफ्नो उद्योग व्यवसायलाई उन्नतिको बाटोमा उदाहरणीय बनाउन सक्छ । यतिमात्र होइन उसले धेरै सम्भावना र रोजगारका मुहान फुटाएर लाखौं श्रमिकको आधारभुत आवश्यकता परिपूर्ति गर्ने प्रयोगात्मक सफलता हाँसिल गर्न सक्छ । उसले आफ्नो उद्योग व्यापारको विकाससँगै राज्यलाई मोटो रकम कर तिरेर मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिनसक्छ । यद्यपी, व्यवसायी अस्वस्थ भएर थलियो भने उसले आफ्नो व्यवसायको श्रीवृद्धिमा प्रयोग गर्ने मानसिक लगानीमा पनि ह्रास हुन गइ उसको व्यवसायीक क्षमतामा कमजोर हुन जान्छ । जसको असर कर, रोजगार र सम्भावित सफलतामाथि प्रत्यक्ष असर पर्छ । तसर्थ, सरकारले व्यवसायीले तिर्ने करलाई भन्दा उसको स्वास्थ्यलाई प्राथमिकतामा राखेर नीतिगत सुधारमा अग्रसर हुनुपर्छ । अतः व्यवसाय सञ्चालनको निम्ति धरौटीबापत ५० लाख सरकारको खातामा राखेर वार्षिक लाखौं रूपैयाँ कर तिरे पनि स्वास्थ्य सुरक्षाको सवालमा राज्यबाट नीतिगत उपेक्षाबाट ग्रसित भइ भोग्नुपरेको पंक्तिकारको अनुभव पाठक समक्ष प्रस्तुत गरिएको छ ।
पंक्तिकार यही देशमा जन्मिएर हुर्किएको नागरिक हो । पंक्तिकारले धेरै देशहरु घुमिसकेको छु । अन्ततः आफ्नै देशमा केही गर्ने रहर जागेर विगत १५ वर्षदेखि म्यानपावर व्यवसाय सञ्चालन गर्दै आएको छ । पंक्तिकारले व्यवसाय सञ्चालन गर्नको लागि सरकारको खातामा रु. ५० लाख धरौटी पनि राखेको छ । त्यसको मासिक ६० हजार र वार्षिक ६–७ लाख रूपैयाँ व्याज आउँछ । तर, त्यो व्याज वापतको रकम पनि सरकारले प्रयोग गर्छ । ५० लाखका दरले ९ सय ५० भन्दा बढी म्यानपावर व्यवसायीले सरकारको खातामा धरौटी रकम बुझाएका छन् । समग्ररूपमा वार्षिक ५५ करोड रूपैयाँ सरकारलाई व्याजमात्रै आउँछ । यो क्षेत्रका व्यवसायीले धरौटी रकम राखेको ७–८ वर्ष भइसक्यो । सो धरौटी रकमबाट हालसम्म सरकारलाई करिब चारदेखि पाँच अर्ब रूपैयाँ व्याजमात्र आइसक्यो । साथै, प्रत्यक्षरूपमा महानगर कर, व्यवसायीक कर, श्रमिकलाई विदेश पठाएबापतको कर गरी वार्षिक छ लाखभन्दा बढी कर स्वयम् पंक्तिकारले तिर्ने गरेको छ । अप्रत्यक्षरूपमा हामीले वार्षिक १२ देखि १५ लाख रूपैयाँ सरकारलाई कर बुझाउँछौँ । तर, जब स्वयम् अस्वस्थ हुने अवस्था आउँछ, समस्यामा पर्ने अवस्था आउँछ तब सहयोग गर्ने कुनै निकाय हुँदैन ।
जब पंक्तिकारलाई मुटु, मृगौला, प्रेसर, सुगर, थाइराइडजस्ता रोगहरुको समस्या एकैपटक देखा परेर अस्पतालमा बस्ने अवस्था बन्यो तब राज्यको निम्ति के गरेँ र राज्यले मेरो निम्ति के ग¥यो भन्ने सवाललाई नजिकबाट महसुस गर्ने अवस्था बन्यो । अहिले अस्पताल र पंक्तिकारको सम्बन्ध नङ र मासुजस्तो छ । स्वास्थ्य उपचारको लागि दिनहुँ हजारौं हजार खर्च हुन्छ । व्यवसाय सञ्चालनको निम्ति धरौटीस्वरूप त्यति ठूूलो रकम र वार्षिकरूपमा कर वापत लाखौं रूपैयाँ सरकारलाई बुझाएको भएपनि सरकारले हामीजस्ता करदाताका निम्ति स्वास्थ्य सुरक्षाको निम्ति कुनै प्रयास गरेको भेटिएन । प्रश्न उठ्छ, हामी व्यवसायीलाई राज्यले के सहयोग ग¥यो ? हाम्रो व्यवसाय सुरक्षाको निम्ति के सहयोग भयो ? हरेक कुरामा दोहोरो हुन्छ । युरोपमा यदि नागरिकले सरकारलाई यति धेरै कर तिर्छ भने उसको उपचार निःशुल्क हुन्छ । तर हाम्रो देशमा यस्तो व्यवस्था छैन । हामीबाट राज्यले लिने मात्रै गर्छ, दिने गर्दैन ।
More
Link
Download